Skip to content

फैसला तिम्रै हो प्रिय जनता!


म,
म त लाचारी नेता हुँ
म त भ्रस्ट नेता हुँ
म त असक्षम नेता हुँ
म त सिद्धान्तहिन नेता हुँ
म त तिरस्कृत नेता हुँ
म त आलोचित नेता हुँ
म त घृणित नेता हुँ

हिजो,
मैले सडकको सपना बाडेकै हो
मैले बिजुलीको भाषण गरेकै हो
मैले स्वास्थ्यका बेतुकको शब्द बोलेकै हो
रातो पास्पोर्ट बेचेकै हो
प्रती महिना पाटी फेरकै हो
अडान त्यागेकै हो
चुनाब जितेर पलायन भएकै हो
राष्ट्रको ढुकुटी थोरै धेरै रित्याएकै हो
भ्रस्टचारी घोषित भएकै हो
जेल चलान भएकै हो

आज,
फेरि म भोट माग्न आएको छु
फेरि म हात जोड्दै भेट्न आएको छु
फेरि म घर धैलोमा धाएको छु
फेरि म झुटो आश्वासन बाड्दै छु
हिजोको जस्तै लाचारी हुन
हिजोको जस्तै भ्रस्ट हुन
हिजोको जस्तै असक्षम हुन
हिजोको जस्तै सिद्धानहिन हुन
हिजोको जस्तै तिरस्क्रित हुन
हिजोको जस्तै आलोचित हुन
हिजोको जस्तै घ्रिणित हुन
किन भने,
हिजोभन्दा आज मैले
केही सिकेको छुइन
हिजोभन्दा आज मैले
नयाँ कुरा केही पढेको छुइन
हिजोभन्दा आज मैले
स्वाच्छ र पवित्र
राजनीति गर्नु जानेको छुइन
हिजोभन्दा आज मैले
पाटिभक्ती त्यागेर
राष्ट्रभक्ती हुन सकेको छुइन
अनी,
अनि मलाई किन विश्वास गर्ने ?
अनि
अनि मलाई किन साथ दिने ?
अनी,
अनि मलाई किन डोर्याएर हिंड्ने ?
अनि किन मलाई भोट दिने ?

हे जनता !
हे देशबासी !
हे मतदाता !
हे देशका नागरिक!
तिमी साचिकै सचेत नागरिक हौ भने
राजनीतिमा चासो देऊ
राजनीतिमा चासो नदिनु भनेको
तिमी फेरि म जस्तै लाचारीबाट शासित हुनु हो
फेरि म जस्तै भ्रस्टचारीलाई फूलमालाले स्वागत गर्नु हो
फेरि म जस्तै असक्षमलाई सत्तामा पुर्याएर पछुताउनु हो
फेरि म जस्तै आलोचितलाई पवित्र भनेर अमृत छर्किनु हो

तसर्थ
हे जनता!
मलाई के गाली गर्छौ,
मेरो परास्त तिम्रै हातमा छ
मलाई बहिस्कार तिम्रै मुठ्ठिमा छ
मलाई यही बेला हराउ
मलाई भोट नदेऊ
मलाई तिर्स्कार गर
मलाई बहिस्कार गर
मलाई दिने भोट
सक्षमलाई देऊ
देशप्रेमिलाई देऊ
देशप्रती समर्पित
व्यक्तिलाई देऊ
संबिधानको धारा
उपधारा,भाग र अनुसुची
लेख्न सक्नेलाई देऊ
प्रिय जनता !
अब मेरो बाटो,
सत्ता र भताको लागि,
सधैलाई बन्द गर
मलाई भोट दिएर फिरी
नपछुताउ
फेरि नपछुताउ
फैसला तिम्रै हो प्रिय जनता!
….
..

Leave a Reply

Your email address will not be published. Required fields are marked *