२३ नोभेम्बर, २०१३
टोकियो ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले प्रत्यक तीन तीन महिनामा गर्दै आएको नियमित साहित्यिक शृंखला लक्ष्मी जयन्तीको अवसरमा यही २४ नोभेम्बर आइतबार दिउसो ३.३० बजे गर्ने भएको छ ।
आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेल माइलाद्वारा जारी बिज्ञप्तिमा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । टोक्यो ओमोरीमा आयोजना गर्न लागिएको उक्त साहित्यिक कार्यक्रममा साहित्यमा रुची राख्ने सम्पूर्ण जापानबासी बिद्यार्थी, ब्यबसायी संघ संस्था लगायत जापानमा रहनुहुने सम्पूर्ण साहित्य अनुरागीहरूमा आफ्नो आफ्नो रचना सहित उपस्थित हुन को लागि अनुरोध छ -बिज्ञप्तिमा भनिएको छ ।
अनेसास जापानको मुखपत्र “साकुरा फुल्दा”को नया अंकको बिमोचन समेत समेत उक्त कार्यक्रममा बिमोचन गर्ने कार्यक्रम रहेको बताइएको छ, साथै अनेसास जापान कै कार्यसमिति सदस्य राजेश थापाको एकल गीति एल्बम “मनको दैलो”को समेत पनि सोही अवसरमा बिमोचन गर्ने योजना रहेको कुरा आयोजकले बताएका छन् ।
स्मरण रहोस भोलि संस्थाको आठौ अधिबेशन समेत भएकोले मध्यान्ह १२ बजेबाट हुने बन्द सत्रले नया नेतृत्त्व चयन समेत गर्ने छ ।
कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी :
कार्यक्रम – साहित्यिक कार्यक्रम तथा अधिबेशन
मिति – २४ नोभेम्बर, आइतबार
समय – दिउसो ३.३० बजेबाट
स्थान – सेयु बिल्डिंग ५ औ तल्ला, शक्ति रेस्टुरेन्टको सभा हल, ओमोरी
नजिकको स्टेसन – JR ओमोरी स्टेसन
थप जानकारीको लागि
धीषण निरौला – ०९०-३५७०-०२२९
देवी इन्ग्नाम- ०८०-४७३४-४२९५
कृष्ण के. श्रेष्ठ काल्स ०९०-६४७८१५९१
बिष्णु घिमिरे – ०९०-६६१३-६४९७
प्रकाश पौडेल माइला- ०८०-४१५५-३१३२
