चाहे भूगोलको कुनै पनि कुनामा
कुनै पनि हतियार चलाउ
मर्ने सधैं एउटै हुन्छ
मान्छे ।
नपुगेर मात्र पनि हैन
नपाएर मात्र पनि हैन
माटोको सानो टुक्रा
जसलाई तिमी देश भन्छौ
बढाउन या रंगाउन
आँखामा पट्टि बाँधी
गोली हानिरहेछौ
रक्तिम धरतीमा सारिरहेछौ
माटोका सिमानाहरु ।
रुग्ण बाजेको शिरमािथ
बमले उडाएको सििलङ्घ
बारुदका वर्षाबाट त्रस्त
नाति खुला आकाश हेर्छ
जीर्णशीर्ण अस्पतालका
अपाहिज भरोसाहरु
युध्दबाट बचेनन्
कुनै मन्दिरमस्जिद र गिर्जाघरहरु पनि ।
न कसैसँग जन्मको वैरी
न कुनै शत्रुता
तिमी कसैलाई चिन्दैनौ
न कोही तिमीलाई चिन्दछन्
तर तिमीले बोक्ने बन्दुकले
अमानव बनेर
कसैका छोरापतिबुवा र दिदीबहिनी
अनाहकमा एकएकलाई ताक्दै
चिनेर दुश्मन सिध्याएको घमण्ड गर्छ
कत्रो ठूलो शेखी!
असंख्य भ्वाङ परेका भित्ताहरुभित्र
प्वाल परेका भविष्यहरु
अस्मिता लुटिएका दिदीबहिनी
आँसु सुकेका आँखामा
नफर्किने भाइहरुका
प्रतिक्षा थापिरहेछन्
तर तिमीले
काख र सिउँदो रित्तो बनाउने
बेहिसाब उन्माद बोकेर
अगाडि राखेका छौ
एउटा नसिध्दिने युध्द ।
कालो होस् या गोरो
मान्छेभित्र रातो बग्ने रगत
मान्छेले नै युध्दमा तताएर
कालो बनाएका छन्चिस्याएका छन् ।
र त दुखेको छैन तिमीलाई
अन्यथा
खाटा बस्न नसकेको घाउ हो युध्दपिरोल्छ
युध्द जता र जहिल्यै होस् सधैं नै दुख्छ ।

Dear Shushma ,
it’s my great
Dear Shushma ,
it’s my great pleasure that i just sip ur poem , its very very tasty , love u, wish to more words from u in future..