गन्तव्यको आस देखाई, बाटो अन्तै मोड्यौ सानु
एक्लै हिड्न गहारो भयो, साथ किन छोड्यौ सानु
साथ देऊ थाम्छु हात, काख दिएँ हान्यौ लात
मन्दिर भाकी खाको कसम, तिम्ले किन तोड्यौ सानु
तिम्लाई मन पर्ने फूल, होइन भने किन रोप्यौ
भाँच्ने भए हाँगा तिम्ले, ब्यर्थै किन गोड्यौ सानु
मै हुँ तिम्रो चोखो माया, बनिरहन्छु तिम्रो छायाँ
भनी तिम्ले पराई को, घुम्टो किन ओढेउ सानु
तिमीलाई पवित्र गीता सम्झे, सीता माने तर पनि
बिछोडको तीर हानी मेरो, मुटु किन फोड्यौ सानु
निजाम आनाह
तनहुँ नेपाल
हाल साउदी अरब
जुबेल जंगल
