Skip to content

बाँचुन्जेल साथ दिनु हातमा हात मिलाएर

BharatTimalsina-02

हाम्रो माया अमर हुन्छ
जान्न कतै बिलाएर,
बाँचुन्जेल साथ दिनु
हातमा हात मिलाएर ।।१।।

दिन रात सुःख दुःख
बाँड्यौं बनी सहयात्री,
दिल भित्र फक्री रहनु
फक्रे जस्तै सयपत्री ।।२।।

संगै रोपे बरु माया
नजाला है जिलाएर ,
बाँचुन्जेल साथ दिनु
हातमा हात मिलाएर ।।३।।

मैले फेर्ने स्वास रुक्दा
तिम्रो धड्कन रुक्छ बरै,
अल्झे भने ठेस् लागी
कति त्यो मन दुख्छ बरै ।।४।।

रुदाँ संग संगै रुन्छ्यौं
फाटेको मन सिलाएर,
बाँचुन्जेल साथ दिनु
हातमा हात मिलाएर ।।५।।

दुई मुटु एक बनाई
माया मिसाई साँधेकी छौं ,
कर्तव्यको पाठ पढाई
एक ढिक्कामा बाँधेकी छौं ।।६।।

दैब तिम्ले धन्य् गर्यौं
यस्ती प्यारी दिलाएर,
बाँचुन्जेल साथ दिनु
हातमा हात मिलाएर ।।७।।

हाम्रो माया अमर हुन्छ
जान्न कतै बिलाएर,
बाँचुन्जेल साथ दिनु
हातमा हात मिलाएर …………दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *