Skip to content

तिम्रो बाले कुट्यो प्रीय

तिमि सग हिड्यो भनि,तिम्रो बाले कुट्यो प्रीय
सगै बस्ने मन भएनी, हाम्रो साथ छुट्यो प्रीय !!

नचाहेर नि पराइ बन्यौ, बिर्सिदेउ मलाई भन्यौ
चारै तिरबाट एक्लो भए, दैब ले नि लुट्यो प्रीय !!

जस्तै बाधा आए पनि, पन्छाउदै दु:ख कस्ट
सुखी संसार बनाउ भन्ने,सपना सबै टुट्यो प्रीय !!

तिमि लाई भुल्दा पनि, आफ्नै सुरमा डुल्दा पनि
तिम्रो दाइले थाहा पाएर, फेरी मलाई चुट्यो प्रीय !!

तिम्रो बुवा जुंगे हल्दार, रैछ दाजु क्यारेंङ् ग्याँङ्ग
दुवै मिलि पिट्दा खेरि, मेरो टाउको फुट्यो प्रीय !!

निजाम आनाह
तनहुँ नेपाल
हाल साउदी अरब
जुबेल जंगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *