Skip to content

चढ्लान गाडी कोही, उड्लान जहाजमा


यति धेरै मेरा साथीहरूको माझमा
चढ्लान गाडी कोही, उड्लान जहाजमा

म यत्ति भविष्यवाणी, गर्न सक्छु मित्र,
छट्पटाउनेछौ भोलि, उसको यादमा

दु:खमा तिमी यसरी, चित्त बझाउनु,
हड्डी नै भेटिने गर्छ, सधै कबाबमा

जब पचास काट्नेछौ, तब सम्झने छौ
अहिले बुझेकाछौ, जिन्दगी मजाकमा

तिमी मन देऊ, माया देऊ, बदलामा,
‘विपिन’ हुनेछ कसम, तिम्रो साथमा

2 thoughts on “चढ्लान गाडी कोही, उड्लान जहाजमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *