Skip to content

गजल (अभावको छानो थियो)


अभावको छानो थियो उधारेर गए
समस्याको भुमरीमा पछारेर गए

आँशु पुछ्न उठेका थे हातहरू उन्का
थुम्थुम्याए अनि गाला मुसारेर गए

रहस्यको पर्दा भित्र लुकेका थे कुरा
के हो भनी प्रश्न गर्दा झपारेर गए

मोती सम्झी आँखाभित्र सजाएको आँशु
कसिङ्गार सम्झिएर बढारेर गए

साँझ पख बास माग्न आएका थे कोही
गाउँलेको सारा खुशी निखारेर गए

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *