Skip to content

धरोधर्म बा !


धरोधर्म बा ! म मागी बिहे हैन भगाएर ल्याँउछु
विश्वास नलागे हजुरलाई जातगोत्र सबै मगाएर ल्याँउछु

थाप्लामा ऋणको बोझ उठाउनुभन्दा
बरु बा हजुरको इज्जत बचाएर ल्याँउछु

गरौंला विधी विदान लगाउँला सप्ताह घरैमा
हजुरकै सँस्कारमा उनलाई सजाएर ल्याँउछु

नमान्नु कुनै फ़िक्र रगत हजुरकै छ ममा
गलामा माला राम: नामकै पहिराएर ल्याँउछु

साच्चै भनेको बाबा हजुर नरिसाई वक्सेला
लक्षिणकी छिन् बुहारी साथ लगाएर ल्याँउछु

1 thought on “धरोधर्म बा !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *