Skip to content

मुर्ख ! मेरो क्यानभासको चित्र किन बन्छौ ?


ए मुर्ख मित्र
मेरो क्यानभासको चित्र किन बन्छौ ?
अग्ला होचा रहरहरू
संसार जित्ने अभिलासा
किन भत्काउछौ ?
मेरा निरङकुश औलालाई सुम्पेर ।

औधि अतालिएर
सालै भरिको झरी
अनियन्त्रित बर्सिरहन्छ
रित्तिएर आँखा
तप्प तप्प
राता टाटाहरू
मेरो कला तिम्रो तस्बिरमा टासिन्दा
मेटिन्छन कि मेटिदैनन ?

निसंकोच उभिदिन्छौ
या टुसुक्क बस्छौ

या लम्पसार सुतिदिन्छौ
तिम्रा इच्छाहरू
हरेक आसन तिम्रो, तिमीलेऊ
तर ए मुर्ख मित्र
किन बन्छौ मेरो क्यानभासको चित्र ?

तिमी हेरिए नहेरिए
ढाकिए नढाकिए
तिमी नाङगोनै छौ
सुन्दर छ तिम्रो अश्लिलता

मेरो बन्दी क्रूरताभन्दा
मगमगाउदो जिन्दगी
फैलदो जवानी हावामा
स्वतन्त्र विचारहरू लिएर
कसरी कोचिन सक्छौ ?
भय ग्रस्त मेरा सोचसँगै
प्रौढ छ मेरो मानसिकता
मेरो अघोर जंगली क्यानभासमा ।

यो रणभूमिमा
तिम्रो चुचो वा थेप्चो नाक
सेतो वा कालो छाला
अग्लो वा होचो कद
मोटो वा दुब्लो शरीर नापिन्न
लड, युद्ध धर्म निभाउ
ब्यर्थ किन अलमल्लमा तिमी
यहाँ कति आए कति गए
जित्ने मित्र हार्ने दुस्मन भए
चिनिएका गनिए लासहरू

अपरिचित स्वत सहिदहरू
सहिदहरूको देशमा
तिमी कुनमा पर्न चाहन्छौ
हार्ने या जिताउनेमा ?
जित्ने या हराउनेमा ?
मर्ने या मार्नेमा ?
तर मित्र
किन चाहन्छौ मेरो क्यानभासको चित्र बन्न ?

यहाँ
नाङ्गो धारको
कालहरूको
लासहरूको
लासका अबशेसहरूको
कुकुरले लुछ्ने शरीर
गिद्धले छोडेको अस्तिपंजर
यहाँ छोडिएका यादहरू
पुरिएका सम्बन्धहरू
प्रेम र ममताका सुन्य भाव
हो, यहाँ सून्यताको चित्र कोरिन्छ
युद्ध समाप्ति पछि
कोलाहलको अन्त्य पछि
हे मुर्ख
सुन्यतामा किन हराउन चाहन्छौ
मेरो क्यानभासको चित्र किन बन्न चाहन्छौ?
कुरुछेत्रको चित्र किन बन्छौ ?

2 thoughts on “मुर्ख ! मेरो क्यानभासको चित्र किन बन्छौ ?”

  1. “किन बन्छौ मेरो क्यानभासको
    “किन बन्छौ मेरो क्यानभासको चित्र ?”
    मन पर्यो ।

  2. किन बन्छौ मेरो क्यानभासको
    किन बन्छौ मेरो क्यानभासको चित्र ?

    मन पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *