हेर्दा ख्याल ख्यालैमा तिम्रा आँखी तालैमा
परें म त माया जालैमा माहुरी झैं रसतालैमा
बिरानो नै देखिन्छ नि सबै वरिपरि
देखुँ देखुँ लाग्छ किन तिमीलाई घरिघरि
कुहिरोमा घुम्टोमा परें म त ख्याल ख्यालमा
माहुरी झैं रसतालैमा
लहरमा भेटिन्छ रे पिपलपाते छायाँ
सुनको जलप चढाएको जाली हौ कि माया
ख्याल ख्याल गर्दैमा बसें म त आँखी झ्यालैमा
जलेवा झैं नीर तालैमा
शब्द – मुकुन्द राज शर्मा
स्वर – यम बराल
संगीत – आलोकश्री
