सायद तिमी हर्ष र हासोको कुरो गर्छो,
हामी दुख र आँसुको कुरा गर्छौं
सायद तिमी ठट्टाको कुरो गर्छो
हामी रोदनको कुरा गर्छौं
सायद तिम्रो र हाम्रो बाटो फरक छ होला
तिमी विदेश र बिलासिताको कुरो गर्छो
हामी देश र देउरालीको कुरो गर्छौं
तिमी क्रान्ति अनि भ्रान्तिको कुरा गर्छो
हामी शान्ति शान्ति अनि शान्तिको कुरा गर्छौं
सायद तिम्रो र हाम्रो बाटो फरक छ होला
तिमी युद्धको कुरो गर्छो हामी बुद्धको कुरा गर्छौं
तिमी बन्दको कुरा गर्छो हामी बुद्दिको कुरा गर्छौं
तिमी बारुद र बन्दुकको कुरा गर्छो
हामी माटो र मायाको कुरा गर्छौं
सायद तिम्रो र हाम्रो बाटो फरक छ होला
नारायण सिम्खडा

..
..