परिश्रम नगरी कसैले पाईदैन मिठो फल
इनार आफै आउदैन मुखमा बनेर पवित्र जल
प्यासी नै जानु पर्छ खोजनलाई इनर कल
पाँउ र हातको संयोजन भई जन्मछ शारीरिक वल
शारीरिक बल हुन्छ है चन्चल ज्ञानले बाधनु
परिश्रमबाट जीवनको गति अगाडि बढाउनु
रहुन्जेल सास शरीरको साथ मिहिनेत मै बाचनु
गोरखाली विर मिहनेतको शान जोगाई राख्नु
शरीर अल्छि बन्दोरैछ मनको चन्चलताले
सरलबाटो बनाई दिन्छ माहान विशेषताले
श्रम गरी खोजनु आफै आपनो विशेषता
ज्ञानले बाटो देखाउछ तव जान्छौ जतातेता
भोक प्यासले सताई छाडछ मिहनेत छोडदा
आफन्त पनि पराई बन्छ अल्छेको विशेषता
इश्वर पनि रुष्ट हुन्छ नगरे परिश्रम
अनेकौ जाल, झण्झट मनमा आउनेछ भ्रम
बढाउछ ममता सिकाउछ सचेतना मिहनेतको बाटोमा
फुलमय फुली सुभाष छर्छ हरेक खाल्टोमा
जल, मल प्रकृतिले दिन्छ ठानेर उपहार
मिहनेती जीवन कहिलै पनि खादै कहि हार
ढुगांमा नि फुल्न खोजछ बनेर पिपल वोट
नगरी मिहनेत रहन्छ सदैव जीवनमा खोट
नपाउछौ माया नदिन्छौ सितल हुनेछ वेहाल
समय तिम्रो शक्ति आपनो खेर नफाल
मानव कुल भनिन्छ श्रेष्ठ मिहनेत गर्नाले
असल जीवन बन्छ सवको आत्माज्ञान पाउनाले
ज्ञानको ज्याती पाइन्छ तव खोजिन्छ आफूलाई
मिहेनेतको वाटो डोरयाइदै लान्छ कर्मले भाग्यलाई
पाइन्छ सवले जीवन सुख रमाउछ परिवार
मानव लोकमा खुशी हुने परिश्रम नै हो आधार
दिपकको ज्योति जस्तै बन्छ परिश्रमको त्यो फल
प्राकृतिकपन ईश्वरी दान झै पवित्र त्यो जल
सवको मन जित्ने रैछ सवलाई रसाउने
आफनै गुण छरेर सारा दुनिया हसाउने
नलुकाई राख्न सकिन्छ तव आफनै मिहनेतलाई
परिश्रमको फल मिठो लाग्छ गर्ने हेर्ने सबैलाई
कर्मको ज्योति झकाउने परिश्रम हुन ज्ञानको संयोजन
शरीर एक काम अनेक गरेर विनियोजन
सफलमय जीवन बनाउनलाई परिश्रमी बन्नु छ
परिश्रमी बनी कर्मलाई सदैव जिताई हिडनु छ
“गुरु”
