Skip to content

मुटुभरि चोट दिएको, उपहार म मान्दछु


तिमीले बिर्सिएका ती सबै, कुरा म जान्दछु
अतितका यादहरू जिउने, सहारा म ठान्दछु

जीवनभरि पीडा आँखाभरि आँसु अनि
मुटु भरि चोट दिएको, उपहार म मान्दछु

भाग्यलेनै लुटेपछि सपना सबै टुटेपछि
दुनियाको भीडमा पनि, एकान्त म छान्दछु

धोका, तिरस्कार अपहेलना भए नि म बाच्दछु
हृदय जति रोए पनि, बाहिरी हासो म हास्दछु

निजाम आनाह
तनहुँ बाँके पसल
हाल साउदी अरब जुबेल जंगल

1 thought on “मुटुभरि चोट दिएको, उपहार म मान्दछु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *