Skip to content

तिम्रो माया पाउने तेती लाएक म होइन


तिम्रो माया पाउने त्यति लाएक म होइन
त्यो दिल भित्र राज गर्ने नाएक म होइन

तिमीलाई फुल्ने फल्ने माया चाहिएको होला
हरियाली रुख हुँ म फल दाएक म होइन

माया गर्छुभन्दा भन्दै बोली मेरो सुकिसक्यो
मिठो स्वर भएको त्यो गाएक म होइन

तिमी आफ्नो बाटो हिड म हिड्छु आफ्नो
अबबाट त्यो जिन्दगीको सहाएक म होइन

तिम्ले अस्वुकार गरेपनि एकोहोरो तिम्रो पछिपर्ने
तिम्लाई बर्वाद बनाउछु भन्ने नालाएक म होइन

निजाम आनाह
तनहुँ बाँके पसल
हाल साउदी अरब {जुबेल जंगल}

Leave a Reply

Your email address will not be published. Required fields are marked *