Skip to content

थाहा छैन तिमि बिना किन यो मन रुन्छ प्रीए

थाहा छैन तिमि बिना किन यो मन रुन्छ प्रीए
संसार को भिड मा पनि एक्लो पन हुन्छ प्रीए

तिम्रो यादमा डुब्दा डुब्दै छाती पोल्छ भत्भति
धुरु धुरु रुदा रुदै आँसुले तन धुन्छ प्रीए

एक्लो बनाई छाडे पनि तड्पाईतड्पाई मारे पनि
फेरी मेरो यो धड्कनले तिमीलाई झन चुन्छ प्रीए

हिडे हिड लत्तायेरा,भुइँको धुलो सम्झिउ तर
मेरो सधै यो आत्माले, तिम्रो च रन छुन्छ प्रीए

निजाम आनाह
तनहुँ बाँके पसल
हाल साउदी अरब जुबेल जंगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *