Skip to content

थाहा छैन आफैलाई जिउदो होकि मरेको हो

माफ गर मलाई प्रीए मैले माया गरेको हो
थाहा छैन आफैलाई जिउदो होकि मरेको हो

तितामिठा सपना बोकी यो जिन्दगि सुम्पिएर
सिकाउछौ बाच्न भनि तिम्रो आसमा परेको हो

कतिछिटो बिर्सेउ सानु खाएका ति बाचा कसम
सधै साथ दिन्छौ भनि,तिम्रो सिउदो भरेको हो

खुसि राख्न तिमीलाई आफ्नो दुख लुकाएर
कमाउन पैसा भनि सात समुन्द्र तरेको हो

तिमि भने अर्कै सग हिड्छौ अरे मस्ती गरि
सुन्दा खेरि बलिन्धरा आँसु मेरो झरेको हो

निजाम आनाह
तनहुँ बाँके पसल
हाल साउदी अरब जुबेल जंगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *