नि-शंकोच बोले हुन्छ लजाउनु पर्दैन भो
मेरो सामु यसै गरी सर्माउनु पर्दैन भो
झुटो बोले ओठहरू सत्यबोल्छन् आँखा तिम्रा
जुधाएर हेर आँखा बताउनु पर्दैन भो
मुटु भित्र बसेकी छौ तस्बिरमा खोज्दिन म
बाढुलीमा यादहरू पठाउनु पर्दैन भो
बयान के गरौ तिम्रो हँसिलो त्यो मुहारको
अकबरे सुनलाई चम्काउनु पर्दैन भो
आकाश तर्फ फर्की थुके छिटा पर्छ मुहारमा
रछ्यान हो बुझेपछि चलाऊनु पर्दैन भो
जीतु खड्का गाउँले
मोरङ उलाबारी

गज्जब
गज्जब लाग्यो जीतु जी … बधाई छ !
झुटो बोले ओठहरु सत्यबोल्छन् आँखा तिम्रा
जुधाएर हेर आँखा बताउनु पर्दैन भो!!
मिठो गजल
मिठो गजल