जस्ले जन्म दिए तिन्लाई अकस्मात् देख्न पाए
जो नामले हुर्के यस्कै नामोनिसन् मेट्न पाए
कस्ता’थे जन्मनासाथ फाली हिंड्ने जन्मदाता
एक्कै पटक् यै जूनिमा कही कतै भेट्न पाए
चोट्हरूको सागरमा बग्दा खुशी भेट्टाएर
खुशी भन्या यस्तो हुन्छ भन्दै मैले लेख्न पाए
धरो धर्म त्यो दिनमा साह्रै खुशी मिल्ने थियो
मलाई फाल्ने तिन्का ती हातहरू रेट्न पाए
