भन्दिन म तिमीलाई मेरै लागि मर प्रिय
स्वतन्त्र सानु तिमी जे-जे गर्छयौ गर प्रिय !!
आँसुसँग खुशी साँट्दै हिँडिराछु प्रदेशमा अभागी छु
भन्दिन म मेरै भर पर प्रिय !
मन पर्छ विश्वास गर्छु चोखो माया गर्छु
संधै लौरो बिर्सी खोला तिमी तरे पनि तर प्रिय
मेरी मनकी रानी हौ तिमी
दुई आँखाकी नानी हौ तिमी
मुटुनै शितल गराउने आहा
सफा मुहानकी पानी हौ
तिमी जति लगाएपनि नसकिने
चोखो मायाकी खानी हौ तिमी
