Skip to content

रहर लाग्दो आसाहरु मरे पछि रोएँ …


रहर लाग्दो आसाहरू मरेपछि रोएँ
जिन्दगानी पिरै पिरले भरेपछि रोएँ

निरासाको बादललाई हटाउँन खोज्दा
लथालिंगै रहरहरू छरेपछि रोएँ

घायल मुटु सम्हालेर हाँस्न खोज्दा खेरि
दुखाइहरू आसुँ बनी झरेपछि रोएँ

रुवाइहरू दबाएर खुसी खोज्दै हिँड्दा
पाइलाहरू काँडा माथि परेपछि रोएँ

बिरसैको कथाहरू लेखिरहँदा पनि
निर्दयी यो दैवले घात गरेपछि रोएँ

चाँगे: ५ ताप्लेजुंग
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *