Skip to content

यो मेरो हो भन्ने पनि हुन्न (गीत)


यो मेरो हो भन्ने पनि हुन्न चासो
यो तेरो हो भन्ने पनि हुन्न चासो
यी आफ्ना र अर्का कुरै हुन् हराउँछन् ।
कसैले कसैलाई जसै मनपराउँछन् ।।

पुराना प्रतिज्ञाहरू भुल्न थाल्छन्
नयाँ जिन्दगीमा जसै पाउ हाल्छन्
बितेका कुरामा कहाँ राग गाउँछन्
कसैले नयाँलाई जसै मन पराउछन् ।

सधै‌ खोज्दछन् खालि एकान्त वास
सधै‌ गर्दछन् प्राप्तिको मात्र आस
पुरानो कुरा भारी ठानी बिसाउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *