Skip to content


कहिले हिमाल, कहिले नदी
कहिले आकाश, कहिले धर्ती
यो जीवन
थोरै सपना, धेरै यथार्थ
थोरै बाहाना, धेरै सकल्प
सन्देह हैन धेरै विस्वास
यो जीवन
कयौ निरासामा पनि धेरै अाशा
कयौ चिन्तामा पनि धेरै उत्साह
यो जीवन
कहिले युद्ध, कहिले शान्ति
धेरै कोशिष अनि कयौ समर्पण
कयौ हार अनि थोरै जित
धेरै आँसु अनि थोरै हासो
धेरै दु:ख अनि थोरै सुख
त्यै पनि यो जीवन
धेरै सत्कर्म, त्यही नै हो धर्म
पूजा गरौ जीवन यो भगवान सरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *