बोलायौ तिमीले अनि भेट्न आए
नाताहरू सबै टुटाएर आए
सबैसँग मुटु फुटाएर आए
ढुक्क थिए तिम्रो माया थियो साथभरि
पोख्दै शीत रोयो जून चिसो रातभरि
संगी साथी सबै छुटाएर आए
सबैसँग मुटु फुटाएर आए
हल्ला सुने मेरो दिल तोडेर गयौ
मेरो साँचो माया प्रेम छोडेर गयौ
जानु रैछ तिमीलाई किन बाचा मिठो गर्यौ
मेरो रित्तो जीवनमा किन प्रेमरस छर्यौ
म त मेरो सबै थोक लुटाएर आए
नाताहरू सबै टुटाएर आए
सबैसँग मुटु फुटाएर आए ।
