फूल झैँ कोमल मुहार उनको
मन लाई मेरो छोई जान्छ
मिठो बोलि सुन्दर हासो
मनमा मिठो शान्ति ल्याउछ
उनि संग बोल्दा हास्दाको पल
लजाउथिन स्वच्छ निर्मल जल
जब जब मुख बिगारी जिस्काउथिन
मिल्थियो हरेक समस्या को हल
सम्झन्छु जब हरेक बिहानी
मिठो रोचक सुन्दर पल त्यो
आउछ मुस्कान मुहारमा
तर आँखा बाट पर्छ झरी
यस्तो लाग्छ अब जिबन मा
रोकिन्न है केहि गरि
थाहा छैन अहिले छ कस्तो उनलाई
तर म भन्छु हरपल हरक्षण
फूल फुल्ने बाटोमा उनले हरदम हिड्न पाउन
सफलताको झुलामा उनले हरदम झुल्न पाउन
आँशु होइन मात्र खुसि उनले हरदम देख्न पाउन
