Skip to content

मन बुझाउन


मन बुझाउन मसँग कुनै पनि पाटो छैन
आफ्नो भन्नु संसारमा एकमुट्ठी माटो छैन

आफन्त सबै पराई भए पराईको कुरै छोडौं
लक्ष्यविहिन यात्री म हिड्नलाई बाटो छैन

कठ्याङ्ग्रिने चिसा रात अनि भोको पेट लिई
पर्खदैछु मृत्यूलाई खान एक गाँस आटो छैन

समाजमा सबै मलाई छिछि र दुरदुर गर्छन्
के सबैको जस्तै मेरो खुन रातो छैन

मानिसकै भीड माझ एक्लिएको प्राणी म
बेहोसमा बर्वराउछु लाग्छ मेरो सातो छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *