Skip to content

पोहोर सालको प्रणय डे मा माया गर्या याद छ काली

पोहोर सालको प्रणय डे मा माया गर्या याद छ काली
यस पालि चाहीँ किन दिन्छ्यौ मायालु लाई यति गाली
तिम्ले देको टाइम भित्र पुग्न पाईन छेउको चोकमा
सुनाउँछौ सबलाई काली मायालुको मायै जाली

तीमी सँधै ढिलो आउँदा मचाहिँ मुस्कान दिदैँ बस्ने
म चाहीँ अस्ती ढिलो हुँदा तीमी रीसले मुक्का कस्ने
कपाल च्याट्ट कोरेर मगमग बास्ना छोडेर
मसक मसक मस्किँदै आउ न काली यसै पाली

म बिना तिम्रो को छ तिमी बिना म छु एक्लै
मायालुलाई माया गर्न आउन काली रीसै फाली
तीमी मेरी प्यारी काली विहानकी घामकी लालि
मेरी काली राम्री काली पूर्णे जूनकी सुन्दर थाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *