Skip to content

मन्थलीको मादक धुनी मण्डलीको केही सम्झना

  • by


जगदीश घिमिरेले जब मलाई रामेछाप, मन्थलीको साहित्यिकयात्राको निम्ता दिनुभयो मेरो मनमा दुईटा कुरा चल्न थाल्यो । एउटा ‘अन्तर्मन को यात्रा’ मा घिमिरेले बडो गर्वकासाथ, छाती ठोकेर तामाकोशी सेवा समितिको गर्नुभएको तारिफ र अर्को देश दर्शनको लोभ । खासगरी पहाडी क्षेत्रको नेपाली जनजीवनका यथार्थ बुझ्ने महìव अवसर । यसबाहेक अर्को कुनै कारण हुनसक्थ्यो भने त्यो थियो दिनदिनै रोबोटझैँ कार्यालय चिन्तानबाट मुक्त भई साहित्यकार, कलाकारहरूको अन्तरङ्ग निकटता पाउने सुअवसर मैले नाईं भन्न सकिन, चाहिन । कोटेश्वरमा बिहान बस चढ्ने बित्तिकै मैले चिनेका अनुहार साह्रै थोरै थिए । मैले अलि चिने, पढेको व्यक्ति त्यो बसमा निर्मोही व्यास नै थिए । बसमै थाहा भयो उनी हिन्दी साहित्यका मूर्धन्य हस्ती गोपाल सिंह नेपालीका घर बेतिया -भारत) पुगेका रहेछन् । भारतका शीर्ष साहित्यकार भए पनि नेपालीले थोरै भए पनि नेपालीमा लेखेका, नेपाली केटीसँग बिहा गरेका, पिताका नाम रामबहादुर सिंह बस्नेत रहेका प्रसङ्गहरू । “तुझ सा लहरोँ मे वह लेता / तो मे भी सत्ता गह लेता/इमान बेचता चलता तो/मै भी महलाँे मे रह लेता ।”

बसमा चढ्ने बित्तिकै मैले ब्यासजीसँग भोजपुरीम्ाा कुरा गरेँ । थाहा थियो उहाँ बारा जिल्ला -कलैया) बासी हुनुहुन्छ । योपनि थाहा थियो, कवि नेपालजी पारीपट्टकिो चम्पारणवासी र भोजपुरी भाषी नै हुनुहुन्थ्यो । मैले नेपालीकै, ‘तू चिन्गारी बन के उडरी Û जाग जाग मै ज्वाल बनूँ’ गीत गाउनेबित्तिकै आफू नेपालीजीको घर पुगेको वृतान्त सुनाउनुभयो । बाटोभरि उहाँसँग धेरै कुरा भए । तराईमा पहाडी मूलका बासिन्दासँग भएको दुव्र्यवहार पछाडि नव मधेसीहरू अवसरवादीहरूको बढी हात रहेको निक्र्योल थियो ब्यासको । यो आम मधेसीको भावना नरहेको कुरामा पनि हामी सहमत थियौँ । फणिश्वरनाथ रेणुको गाउँमा-भारत-फारविसगञ्ज नेर औराही हिंगना) पुग्नुभएको रैछ ब्यास । रेणुको जाति पनि पत्ता लगाउनुभएको थियो । व्यास साँच्चिकै यात्रा साहित्यकार भएको पाएँ । बाटोमा यति कुरा पाउनुको कारण थियो त्यो दिन बनेपा बन्दका कारण घुमेर जहरसिंह पौवा मेलम्ची भएर थप तीन चार घण्टा हाम्रो लम्बिएको यात्रा थियो ।

यात्राको अर्को विशेषता के थियो भने एकजना मौन सहयात्री फेला परे भने अर्का मुखर, पछि थाहा भयो ती त धनराज गिरी पो रहेछन् । थाहा छैन नाम अनुरूप गिरीसँग कति धन छ तर एकैछिन र केही दिनमै था भो दिलदारको अर्को नाम हो धनराज गिरी । निमेषमात्रामा मित्र बनाइहाल्ने, दिल जिति हाल्ने, गीत, गजल, कविता भाका हालेर मीठो स्वरमा गाइहाल्ने गिरीसँग गाडीमै थोरै समयमा गाढा मित्रता गाँस्सियो । मन्थली मा गिरीका हाजिरजवाफी हेर्न बाँकी नै थियो । तरुनी भनेको देखेर बुढाहरू रुने भनी कमलमणी दीक्षितलाई दिएको जवाफ । नेपालीबाहेक भाषामा अन्ताक्षरी गाउन नसक्ने उनी विरुद्ध यहाँ पनि प्रतिगमन भनि दिएको प्रतिक्रिया आदि मन्थली पुग्दा राति भइसकेको थियो । त्यहीँ स्वागत गर्नुभयो जगदीश घिमिरे दुर्गा दिदी, दुई महारथी कृष्णचन्द्र सिंह प्रधान, कमलमणि दीक्षित, गजल गुरू ज्ञानुवाकर, चित्रकार हस्ती विजय थापा, किरण मानन्धर क्याम्प फायरबीच आधा थकान त त्यसै हरायो । सैनिक क्याम्प नजिकको बाँझो भीरझैँ थियो हाम्रो वासस्थान । नगरपालिकासित लिएर हराभरा बनाउनु भएको रैछ घिमिरेले । विहान त्यहीँबाट सुरम्य डाँडाकाँडा, पर्वत, नदीनालामा, बोटविरूवाको मोहक दृश्यावली हेर्दा त मनै प्रफल्लभयो । त्यही विहानै वरिष्ठ चित्रकार विजय थापा र किरण मानन्धरलाई -रामेछाप-मन्थली) लाई क्यानभासमा उतारेको देख्दा त मन झनै आनन्दित भयो । त्यही पाँच दिने यात्रा क्रममा रोचक घिमिरे, नगेन्द्र शर्मा -घिमिरे) कृष्णचन्द्र सिंह प्रधान, विजय थापा, किरण मानन्धर, भरत भूर्तेल, कृष्णमुरारी भण्डारी, धनराज गिरी, घिमिरे युवराज, कुमार आले, निर्मोही व्यास, जीवा लामिछाने, दुर्गा घिमिरे, सूर्य र राजेन्द्र राई, गोविन्दबहादुर थापा, छविरमन, अशोक सिलवाल ज्ञानु पाण्डे, डा. सुमन कर्माचार्यआदि सँग परिचय घनीभूत भयो । धेरैलाई नजिकबाट जानियो । ट्रेकिड्ढबाट मन्थली आइपुगेका नारायण ढकाल र गोविन्द वर्तमानको सङ्क्षिप्त उपस्थितिले त महफिल झनै रड्ढीन र प्रखर भयो । गम्भीर साहित्य चर्चादेखि खुला अन्तर्मनको कथा । मादक धुनी गफमा सबथोक थियो , गीत, गजल, कविता, आलोचना, अन्ताक्षरी कटाक्ष कृतिचर्चा । एक राति त किरणमानन्धर बम्किए, साहित्य र कला मिल्नुपर्छ तर यो नाम मात्रको रैछ । हामी विहानदेखि सिर्जनामा लागिरहेका हुन्छौँ कोही आएर बुझ्ने नजिकिने प्रयास गर्दैन । … कला उपेक्षित छ । यही आशयका गुनासाले अचानक सरस साहित्यिक मण्डली झस्सड्ढ भयो । सबै स्तब्ध । जगदीश घिमिरे,भरत भूर्तेल,कृष्णचन्द्र सिंह प्रधानलेे बीचबचाउको प्रयास गरे । मैले पनि मीडियाका कमजोरी बताएँ । राजनीतिक रिपोर्टिड्ढ र रिपोर्टरका सामुन्ने कला, साहित्य, संस्कृति, खेल सबै पछि परेका छन् तर कलाकारहरू स्वयम् पनि अन्तरमुखी, व्यक्तिवादी भएको हुँदा सम्वादहीनता देखिएको बताएँ । त्यो दिन धुनी चर्चाको अन्त्यमा किरणले भनेका थिए-जगदीश घिमिरे साहित्य प्रतिष्ठानसँगै कला शब्द पनि जोडियोस् ।

तर किरण मानन्धरको यही रूप मात्र थिएन । भान्सामा सघाउनुदेखि बेलुका धुनी गीतमा रमाउने सहज, सरस किरणका कैयौं रूप देखिए । ढिलोसम्म ‘इन्ज्वाय’ गर्नु, स्पेशल ब्राण्डसँगै । किरणसँगै, विजय थापा साँझ ८४ वषर्ीय कृष्णचन्द्र सिंह प्रधान पनि ‘मृत सञ्जीवनी झोलमा ‘ मजैले डुब्दा रैछन् । विहानै किरण पुनः ग्लाससहित प्रस्तुत हुँदा सोधेको थिएँ, कुल्ला गर्ने वित्तिकै ? यो त रातिको हृयाड्ढओभर तोड्नलाई पो लिएको छु ‘ किरणको जवाफ थियो ।

एक रात अवेरसम्म इन्जोय गर्नेहरूको मण्डलीबाट भागेर एक जना रूम पार्टनरले भने, नाम त थाहा छैन तर बमहिर म त ‘ गे’ हुँ- भनेपछि भागेर आएँ । नारायण ढकालको गम्भीर आख्यान चर्चा । एनडीएसमा रामेछाप आएको चर्चा । तामाकोशी सेवा समिति सुरू गर्नु अगावै म यहाँ आइसकेको थिएँ, जगदीश घिमिरेतर्फ उन्मुख हुँदै नारायण बताउँदै थिए । साँझ अलि मात्तिएपछि गोविन्द वर्तमान भरत भूर्तेललाई भन्दै थिएँ , बुझ्न भो, विमल निभाको भन्दा तपाईंको व्यङ्ग्य प्रभावशाली छ ।

मन्थलीका धेरै सम्झना छन् । घिमिरेद्वारा नै आयोजित मन्थलीबाट १४ किलोमिटर लामो रामेछाप भ्रमणको पनि कार्यक्रम थियो । पानी नपरेर सुकेर पहेँलो घाँसे खेतहरू, सुखा नदी, काँचो कमजोर फुसफुसे माटो, निरन्तर पहिरो बगिरहने गाउँ । ‘उ त्यही पहिरो जाने ठाउँको मास्तिर हाम्रो गाउँ छ रोचक दाइले आˆनो जन्मभूमिको चिनारी दिनुभयो तर हाम्रा मूल गाइड नै जगदीश घिमिरे हुनुहुन्थ्यो । गाडी एक्कासी रोकियो । हामी मुक्तिकृष्ण , हरिकृष्णको घर भंगेरीमा थियौँ । यही वीर सहिद गङ्गालाल श्रेष्ठको जन्म भएको थियो । गङ्गालालका पिता भक्तलाल खरदार भएर रामेछाप गएका बेला यही घरको वंगाली गोठमा गङ्गालाल जन्मेका थिए । भंगेरीका वामपन्थी नेता नारायणबाबु श्रेष्ठ बताउँदै थिए, पुष्पलाल पनि यही क्षेत्रमा जन्मिएका थिए । मैले सबै कुरा पुष्पलाल स्मृति ग्रन्थमा लेखेको छु । साहना प्रधान पनि यहाँ आउनु भएको थाहा पाइयो अहिले त्यो घर नै छैन । सहिदको जन्मथलोको कत्रो दुर्दशा मन खिन्न भयो । गङ्गालालको पावन जन्म भूमिमा जुनारको बोट छ अहिले । श्रद्धास्वरूप यही जुनार लग्छुहै भनी कमलमणि दीक्षित अगाडि बढ्नुभयो । हामीले पनि अनुसरण गर्‍यौँ । एक छिनको कुराकानीमा नारायणबाबुले सबैको मन जित्नु भो । नाना रोगका बाबजुद आस्था,अविचल,देदीप्यमान व्यक्तित्व विनम्र वामपन्थी, वेचैन नागरिक । लाग्यो हामी सञ्चारकर्मी पनि कतै न कतै अपराधी छौँ । राजधानी केन्दि्रत व्यक्ति, नेता भन्दा खोजेर ओझेलमा परेका प्रतिभालाई अगाडि ल्याउने प्रयास, कष्टनै गर्दैनौँ । बाँझो काम गरेर म कम्युनिस्ट नै बन्न सक्दिन भन्ने नारायणबाबुको भनाइमा स्पष्टतः वेदना र इमान्दारी झल्कन्थ्यो । रामेछापबाट फर्केर धेरै कुरा गर्ने धोको थियो, समूहमा भएको हुँदा सम्भव भएन ।

एक निःशब्द रातमा एक्कासी मेरा कोठामा दुई हातले तलतिर खस्किएको सिरक कसैले मिलाइदियो । राति करिब १ बजिरहेको होला । बाहिरको धुनी मण्डली सकिएर आएका थिए उनी । लर्खराउदो स्वरमा भने, दादा यो देशको के हुन्छ दादा Û यो देश जोगाउनुस दादा’ म स्तब्ध भएँ । भक्कानिँदै भन्न थाले नेताहरूले देश बर्वाद पारे । अमेरिकामा चौध वर्ष बसेँ । बस्न मन लागेन । यो के भएको दादा । त्यहाँ ओछ्यानमा डलर राखेर सुत्छन् नेपाली । यहाँ कहाँ, कसरी लगानी गर्ने… । पुस २५ गते लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान तथा जगदीश घिमिरे प्रतिष्ठान देवकोटा जन्म शताब्दी महोत्सव बाजागाजाका साथ मनाइयो । हामी सबै बाजागाजाका साथ सामेल भयौँ । प्रधान र दीक्षित वेहुलाझैँ लागे । अफशोच देवकोटा जन्म शतवाषिर्कीमा प्रधानबाहेक कसैले पनि देवकोटाबारे बोलेनन् । कवि गोष्ठीमा पनि सहभागी भयौँ । रमाइलै भयो ।

ज्ञानुवाकरको चर्चा विना यो संस्करण अधूरै होला । वाचनशैली साधारण भए पनि मनछुने अभिव्यक्तिका धनी ज्ञानुवकार युवा लेखक लेखिकाबीच ‘हिरो’ नै रहेछन् । एकपटक राति गजप भो । अँध्यारोमा ज्ञानुवाकर केही छामछुम गरिरहेका थिए । काठमाडौँबाट एउटा जरूरी फोन आउनेवाला थियो । भएको के रैछ भने उनी बस्ने ठाउँमा पहिले पानी तीन दिनमा आउँथ्यो । अब लोडसेडिड्ढले गर्दा हप्तामा एक दिन मात्र आउँथ्यो । त्यो पनि कुन बेला आउँछ ठेगान थिएन । पानी छोड्ने युवकलाई बाबु पानी छोड्ने बेलामा खबर गरिदिनु है भनी मिलाएका थिए । मोवाइलमा त्यही खबर आएको थियो, ‘ड्याडी पानी आयो है ‘ पर्‍यो फर्साद कोठामा उनी नभएको बेला अर्कैले फोन रिसिभ गरेका थिए । भोलि खबर गरिदिन्छु भनी त्यही तिनले भनेका थिए । अबेर राती त्यही खबरका लागि मोवाइल खोजिरहेका थिए ज्ञानुवाकर ।

मन्थलीका मोहक माझी नाच, खोटाड्ढबाट आएका दुई युवाद्वारा राई नाच, पत्रकार, कलाकार, साहित्यकारको सामूहिक नाचगानले साँच्चिकै रामेछाप यात्रालाई सफल बनायो । सबभन्दा उत्प्रेरक रहृयो तामाकोशी सेवा समिति, मन्थली वचत तथा ऋण सहकारी संस्थाको सफलतासँग साक्षात्कार हुनु । नेपालमा सहकारी असफल भइरहेको परिप्रेक्षमा तासेसले अत्यन्त सफलतापूर्वक अस्पताल चलाउनु खानेपानी ट्याङ्की गाउँ गाउँमा पुर्‍याउनु हरेक वर्ष दुई हजारका दरले चर्पी बनाउनु यो सबैमा जगदीश घिमिरे दम्पतीको ठूलो योगदान रहेछ । जगदीश घिमिरे साहित्यकार भएको नाताले मात्र रामेपछामा परिचित रहेनछन् । कार्यक्रममा माओवादीहरूले समेत उनको कामका प्रशंसा गरेको सुनियो । साहित्यकारहरू मात्र कल्पनाका कुशल कालीगढ रहेनछन् हेरेर बुझेर सुनेर राम्रो लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *