हृदयको ढोका फोडी कहाँ उढ्यो मनको चरी
आफ्नो भन्ने हुन्न रैछ खसेपछि आँसु धरी
फर्की आए बस्ने गुँड छ माया दिई बेरौला म
नआए नि जानेलाई क्षितिज सम्मै हेरौला म
रगत दिई गुलाब साटेँ पिंजरामा मुटु राखी
छानेकै त्यो ताराखस्यो ढोकाखोल्दा आज राति
मनका उजाड बगरहरू बिराउँदैछु बिंजसँगै
छातीका यी फोक्टा सुके,मरे आशा निजसँगै
नङको नाता थियो तर छुट्ट्यो आज मासु पनि
आफ्नो भन्ने हुन्न रै छ खसेपछि आँसु पनि
हृदयको ढोका फोडी कहाँ उढ्यो मनको चरी
आफ्नो भन्ने हुन्न रैछ खसेपछि आँसु धरी

गीत
गीत निकै भावभय र सुन्दर लाग्यो धन्यवाद । यस्तै पढ्न पाउँ। अनि अरुको पनि पढेको कुरा देख्न पाउँ ।
धन्यबाद
धन्यबाद यहा लाइ हौसला को लागि !
अझै धन्यवाद
तपाइँलाई अझै धन्यवाद किनभने मैले कति जना साथीहरुका सामग्री पढेर पठाएको प्रतिक्रयामा सम्झने मान्छे नै तपाइँ हो पहिलो ।