Skip to content

काँडैकाँडा बीच हिड्दा


काँडैकाँडा बीच हिड्दा फूल भेट्दा लाग्छ खुसी
बिरानोमा आफन्तको हुल भेट्दा लाग्छ खुसी

बगरमाझ जिन्दगी यो हिंडिदिन्छ कहिलेकाहीँ
रसिलो त्यो मायाप्रेमको मूल भेट्दा लाग्छ खुसी

माया गर्ने मान्छेहरू जे जस्तो नि सहिदिन्छन्
त्यसैले त भन्ने गर्छन् भूल भेट्दा लाग्छ खुसी

पारी हुन्छ आफ्नो मान्छे वारि हुन्छे’बिना’जब
दुई किनार जोडिदिने पुल भेट्दा लाग्छ खुसी

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

2 thoughts on “काँडैकाँडा बीच हिड्दा”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *