Skip to content

जातीय पर्खाल एक दिन सदाको लागि ढल्नेछ


मैले पनि आज एकजना गुरुलाई जलाएर आए
उनको शरीरलाई सदाका निम्ति खरानी बनाएर आए
यो मन भकानिएर रोए अनि कराए
तर निश्ठुर समयले लिला सम्पात गरेरै गए

उनको पार्थीव शरीर भुईमा लडिरहदा
मेरा हृदय फुटेर आशु बनी पोखिरहयो
जस्ले मेरो हात समाई जीवनबारे बतायो
आज त्यही शरीर मबाट फेरि छोइन थालियो

मेरो अन्तिम इच्छा थियो केवल गुरुको चरण ढोक्ने
अनि उनले दिएका ज्ञान र शिक्षालाई फैलाउने प्रण गर्ने
तर मैले छुन्न हुन्न रे भन्दै टाढा राखियो
मृत शरीरमा अछुतले छोए जाई लाग्ने भन्दै रोक्यो

आफनै गुरुको अन्तिम चरण छुन नपाउदा
उदासिन चितले कति पाईला हिडिरहनु ?
शब्द शब्द जोडेर मात्र कति भावाना पोखिरहनु ?
समाजको नियम भित्र कतिदिनसम्म जलाइरहनु

अछुत कै कारण मैले गुरुचरणबाट टाढिएको हो भने
मैले रोएको आसुको संकल्प लिदै छु
गुरुको सदविचारलाई आत्मामा साक्षी राखी
जातीय विभेदको अन्तको विगुल फुक्दै छु

मेरो गुरु मेरो सतव्यवहार र सकल्पमा बाच्ने छ
परिवर्तण र समाजको सफलतामा हासने छ
उनको अमूल्य बचन आत्माबाट आवज बनी बोल्नेछ
जातीय पर्खाल एक दिन सदाको लागि ढल्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *