Skip to content

रात पनि काटिएछ कोल्टे फेर्दा फेर्दै


आँखाहरू थाकिसके बाटो हेर्दा हेर्दै
रात पनि काटिएछ कोल्टे फेर्दा फेर्दै

आशाका यी पलहरू बित्ने भयो गाह्रो
प्रतिक्षाको भुमरीमा बेरिएछु साह्रो
खुशीहरू उडी गए दुःख घेर्दा घेर्दै
रात पनि काटिएछ कोल्टे फेर्दा फेर्दै

दिन हप्ता महिना गन्दै टोलाउँछु बनमा
तिम्ले छोडी गए देखी शान्ति छैन मनमा
हाँसोहरू पराई भए पीडा बेर्दा बेर्दै
रात पनि काटिएछ कोल्टे फेर्दा फेर्दै ।

२०६७।७।१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *