भन्छन नेपालको कानून दैव जानून
भनसुनले हैन दक्ष क्ष्यमताले छानून
जसको शक्ति उसैको भक्ती हुन्छ सधै
सबैलाई एउटै नियम कानूनमा बाधुन ।।१।।
कतिपय कुरा यस्ता हुन्छन कहनु पर्दैन
एउटा कुरा बोकी नदी झै बहनु पर्दैन
अनावश्यक हुन्छन भने त्यसको बोझ
कोही कसैले जिन्दगीमा सहनु पर्दैन ।।२।।
संकटकालमा भीड्यौ
आई लाग्नेलाई गिड्यौ
किन पछुत्ताइ बस्छौ
आफ्नै खुशीले हिड्यौ ।।३।।
