चोट पीडा जति दिए पनि सहन थालिसके
तिम्रो मायामा जम्दिन अब बहन थालिसके
झुटो मायाको संसार चाहिदैन मलाई
आफ्नै एक्लो संसारमा रमाउन थालिसके
अनगिन्ती छन् तिम्ले दिएका चोटका पोकाहरू
त्यही पोका गजलको शब्दमा फुकाउन थालिसके
मेरो भावनासँग धेरै पटक खेल्यौ तिमीले
त्यही रिसले अचेल निदमा कहन थालिसके
चोट पीडा जति दिए पनि सहन थालिसके
तिम्रो मायामा जम्दिन अब बहन थालिसके
www.facebook.com/ismaran37.bishnu
© स्मरण लम्साल
जुटपानी ३ चितवन नेपाल
