दशैं तिहार आइपुग्यो अब हाम्रो गाउँघरमा
साइली माइली नाच्दै होलान टीका लगाई निधारमा
संगी साथीहरू सबै गाउँघरतिर पुग्दै होलान
मित्रताको सम्बन्धलाई अँझ राम्रो बनाउदै
खुसी साट्दै घर गाउँतिर रमाउदै छन् होलान
फोनपछि मेसेज गर्दै बोलाउँथे साथीभाइले
यसपालिको दशैं तिहार गाउँमै मान्न पाइन मैले
खुसीसँगै उमङ्गले छाकोहोला गाउँ सहरमा
आउछ छोरो भन्दै होलिन् मेरी आमा गाउँघरमा
सबको घरमा झिलिमिली दशैं तिहार आउँदाखेरि
मनको कुरा गर्न पाइन घरमा म नहुदा
कसो गरी बस्दै होलिन् उनी मेरी पियारी
