Skip to content

अहिलेको राजनीति


कहिलेसम्म चल्छ अँझै फुटको राजनीति
हत्या हिंसा बलत्कार र लुटको राजनीति

मेलमिलाप सहकार्य त वास्तै छैन यहाँ
खिचातानीसँगै दलीय गुटको राजनीति

शान्तिसुरक्षा वहाली गर्ने आश्वासन दिदैं
आपसमा नै चल्ने कुटाकुटको राजनीति

फुट्दाफुट्दै पार्टीहरू सवासय पुगिसके
नेपालीले कहिले देख्ने जुटको राजनीति

ढल्नेनै छ पक्कैपनि टिक्छ कहिलेसम्म
मनपरी गर्न पाइने छुटको राजनीति

Leave a Reply

Your email address will not be published. Required fields are marked *