हरेक रात बलात्कृत हुन्छ मस्तिस्क !
रहर लाग्दा तिम्रा यादहरू द्वार
मेरा अङ्ग अङ्गमा चुम्दै
स्खलित हुन्छौ
मेरो आँखाबाट
शिरानी भिजाउदै
म त्यही शिरानी चुम्छु ।
प्रण गर्दछु ……..!!!!
जाने छैन भोलि, अतीतसम्म
तिमी तिमीसम्म ….
सधैको भ्रमक योजना
छिनमा आउने अनि छिनमा जाने ?
तिम्रा याद झैँ
लगतै, मेरो छटफटाहट सुरु
आफ्नै मनद्वारा बलात्कार फेरि ?
तिम्रो यादद्वारा बलात्कार ।
बलात्कृत मस्तिस्क मेरो ।
पुन : बलात्कारको पर्खाईमा म !!!!!!
