मनको मझेरीमा मेरो बास माग्दै आयौ
जसै बास दिएँ मैले साँच्चै खुशी ल्यायौ
यस्तै होला ठानें मैले खुशी सधैँभरि
अचानक छाडी गयौ बनी बनको चरी
कति खुशी थियो जीवन पाई तिम्रो साथ
के थियो र गल्ती मेरो छाड्यौ किन हात ?
किन आयौ मझेरीमा बास माग्दै पैले ?
बिना कारण चोट दिई गर्नु गर्यौ अहिले
सही दिन्छु अचानो हुँ चोट जति पनि
बौलाउँदिन सीतीमिति पागल प्रेमी बनी
फेरि यौटा बशंतले पक्कै देला साथ
हिम्मत हार्या छैन मैले बोकेको छु आश
देवीचरण भण्डारी “सरोज”
