चिरेर हेर छाती यो मेरो नेपाल रहेको
जहाँमा हेर हेरन जता नेपाल धड्केको
दक्षिण तिर तराई भूमि उत्तर हिउँको
काली र मेची पश्चिम पूर्व हेर न बगेको
छिमेकी देश उत्तर चीन दक्षिण भारत
मिलेर बसी मित्रता गाँसी सौहाद्र्र बनेको
बुद्धको शान्ति शिवको तप यसमै अटेको
सगर–माथा विश्वको छानो चुलेर बसेको
सबैमा हामी मिलेर बसी डटेर रहेको
गणत–न्त्रको नेपाल हाम्रो काँचुली फेरेको
लय :– असारे ३,२ , ३,२, ३,३ जम्मा १६ विश्राम ५, ५ , ६ जम्मा १६
२०७० बैशाख १० गते
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
www.bijusubedibijay.blogspot.com
