मिर्मिरेमा ताराहरु बिलाएर गए
आफ्नो ज्योति उजेलीमा मिलाएर गए
अँधेरीमा उध्रिएको दुनियाको मन
उषा संगै उजेलीले सिलाएर गए
धेरै लामो संघर्षको समर्पण संगै
अनुपम खुसीहरू दिलाएर गए
निस्वार्थले विष प्युंदै सधैं अरुलाई
अमृतको प्यालाहरु पिलाएर गए
कालो रात चिर्दा चिर्दै धेरै ताराहरु
क्षितिजमा नपुगी नै ढिलाएर गए
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर
