पागल बनाई मलाई कति बेर हेर्न सक्छौ
मेरो जलेको लास कति बेर हेर्न सक्छौ
पोल्छ खरानीहरूले म जल्दा तिमीलाई
खुस्केको यो अनुहार कति दिन हेर्न सक्छौ
सक्छौ सम्हाल तिमी सक्दैनौ छोडिदेऊ
हामीबिचको सम्बन्ध हाँसेर तोडिदेऊ
सक्दिन जिउन यसै तिमी विना जिन्दगानी
पागल बनाई मलाई कति बेर हेर्न सक्छौ
आऊ कुरेर बस्छु जिन्दगीभर तिमीलाई
कुर्नै सकिन भने तोडेर जान्छु संसार
संसार छोड्न सक्छु सक्दिन भुल्न तिमीलाई
मेरो जलेको लास कति बेर हेर्न सक्छौ
