मलाई नरोक यो यात्रा नरोक
तिम्रै भएर जिउन चाहन्छु
मेरो आफ्नो तिमी, मेरो जिन्दगानी
तिम्रै भएर म मर्न चाहन्छु
चाहन्छु म हिड्न तिमी साथ साथ
पाईला बनेर हरेक् मोडहरूमा
आशु सबै जिन्दगीको निचारी
हासो सजाउछु ती ओठहरूमा
तिमी नै मेरी सुन्दर प्रेम कहानी
सुवर्ण अक्षरले लेख्न चाहन्छु
मेरो आफ्नो तिमी, मेरो जिन्दगानी
तिम्रै भएर म मर्न चाहन्छु
न फूल्छ यो फूल तिमी नहासेमा
न बल्छ यो दियो तिमी नबोलेमा
तिमी हाँस म फूल बन्न चाहन्छु
तिमी बोल म ज्योति बन्न चाहन्छु
तिमी विना हुन्छ यो जीवन विरानी
तिमी सँगसँगै हाँस्न चाहन्छु
मेरो आफ्नो तिमी, मेरो जिन्दगानी
तिम्रै भएर म मर्न चाहन्छु
मलाई नरोक यो यात्रा नरोक
तिम्रै भएर जिउन चाहन्छु
मेरो आफ्नो तिमी, मेरो जिन्दगानी
तिम्रै भएर म मर्न चाहन्छु
