Skip to content

कसैले आशिष भन्छन् कसैले दनाई भन्छन् मलाई


कसैले अंकल भन्छन् कसैले दाइ भन्छन् मलाई ।
कसैले भतिज भन्छन् कसैले भाइ भन्छन् मलाई ।

सबैको आफ्नै अनुमान म बोल्नु को अर्थै थिएन,
कसैले नेवार भन्छन् कसैले राई भन्छन् मलाई ।

सबैसँग हाँस-खेल गर्ने देखेर होला सायद,
कसैले हिन्दु भन्छन् कसैले इसाई भन्छन् मलाई ।

गजल लेख्छु र त्यसमा सत्यतथ्य उल्लेख गर्छु,
कसैले पख भन्छन् कसैले बधाई भन्छन् मलाई ।

रिसाउदिन बोलिहाल्छु जुन नामले बोलाए नि,
कसैले ‘आशिष’ भन्छन् कसैले ‘दनाई’ भन्छन् मलाई ।

-आशिष दनाई
बेसीशहर लमजुङ
२०७०-०३-१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *