Skip to content

लघुकथा – रिजेक्कटेड


ऊ मौन थियो । उसका ओठहरू कपिरहेका थिए । कोठामा साथीहरू आपसमा हल्ला गरिरहेका थिए । म ऊतिर फर्किए, तर ऊ टोलाइरहेको थियो ।

मलाई थाहा थियो आजको दिन उस्को लागि निकै महत्वपूर्ण थियो । आज उस्ले उस्को प्रेमको आग्निपरिक्षा दिएर आएको थियो ।

मलाई कतिखेर ऊसँग कुरा गरु जस्तो लागिरहेको थियो । तर साथीहरूको माझ, त्यहाँको कोलहाल बिच ऊसँग बोल्ने मौका मिलिरहेको थिएन ।

ऊ कसैसँग पनि कुरा गारिरहेको थिएन र उस्को मौन अनुहार देखेर मेरो मनमा डर पलायो ।

एकछिन पछि साथीहरू आ- आफ्नो घरतिर गए, ऊ अँझै त्यस्तै थियो । एकदम एक्लो र असाहाय जस्तो देखियो ऊ ।

म उस्को नजिकै गएँ र सोधें, के भयो ? उस्ले आफैसँग साउती मारेझै भन्यो “रिजेक्टेड” ।

-आशिष दनाई
www.ashishdanai.com.np

(मेरो पहिलो लघुकथा – रिजेक्कटेड)

Leave a Reply

Your email address will not be published. Required fields are marked *