Skip to content

मलाई माया गर्ने मेरो हजुर
मलाई आफ्नो भन्ने मेरो हजुर
तिमीलाई आकास भन्दा अझ धेरै माँया
तिमीनै मेरो जुन तारा अनी छाँया

तिमीलाई हेर्छु जव भुल्छु आफु लाई
तिमी नै तिमी माग्छु सारा मन्दीर धाई
मलाई माया गर्ने मेरो हजुर
मलाई आफ्नो भन्ने मेरो हजुर

तिमीसंग वात मार्छु हराउछ विरानी
तिमीनै सिरक डस्ना तिमीनै सिरानी
मलाई माया गर्ने मेरो हजुर
मलाई आफ्नो भन्ने मेरो हजुर

तिमी जव साथ हुन्छौ हराउछ पिरलो
मन भित्र बल्न थाल्छ खसीको दियालो
मलाई माया गर्ने मेरो हजुर
मलाई आफ्नो भन्ने मेरो हजुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *