फूल त सबैलाई मन पर्छ
तिमी फूल होउ मेरो जिन्दगि को
जुन त सबैलाई प्यारो लाग्छ
तिमी तारा होउ मेरो जिन्दगि को
मैले देखेको तिमी मैले भोगेको तिमी र मैले सोचेको तिमी
मैले मागेको तिमी जस्तै सरल अनि कन्चन
तिमी पनि सपना देख्छौ म जस्तै
तिमीले पनि कल्पना गर्छौ म जस्तै
मैले मागेको जिन्दगि तिमी संग अनि
तिमीले मागेको जिन्दगि म संग
कति रमाइलो हुन्थ्यो होला
जिन्दगि घमाइलो हुन्थ्यो होला
फेरी पनि
तिमी म संग नभएर पनि म संगै छौ
म तिमी संग नभएर पनि तिमी संगै छु
मेरो सोचाई मा तिमी मेरो मुटु मा तिमी
मेरो आखा मा तिमी अनी मेरो संसार मा तिमी
तिमी छौ अनि यो संसार छ
तिमी नभए सबै कुरा अन्धकार छ
