Skip to content

किन-किन जिन्दगीलाई घातै राम्रो लाग्छ

किन-किन जिन्दगीलाई घातै राम्रो लाग्छ
नजन्मिदै तुहि गएको नातै राम्रो लाग्छ

रंगीचंगी फुलिरा’को फूलको थुँगा भन्दा
ओईलाएर झरिगा’को पातै राम्रो लाग्छ

दृश्यहरु उजेलीमा चाहे नि देख्या छैन
त्यसैले त दिन भन्दा नि रातै राम्रो लाग्छ

जिन्दगीलाई खुशी मिल्ने यथार्थको साटो
भावनामा फसाइ दिने बातै राम्रो लाग्छ

जिन्दगानी बैरागेर खाली आकाश हेर्दै
थोरै पिउँदा धेरै लाग्ने मातै राम्रो लाग्छ

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *