तिमी जिन्दगीलाई कुन नाम दिन्छौं
म त जिन्दगीलाई गुमनाम दिन्छु
मायामा पीडा लुकेको नै हुन्छ
मेरो मायालाई कुन नाम दिन्छौ ?
खुसी यसैमा तिमी साथ हुदा
तिमी नहुदा दुखेको नै हुन्छु
जल्छ यो मुटु विना आगो सल्की
तिमी नहुदा यो धड्कन्छ अत्ति
कुर्ने छु बाटो आकास हेरी
तिमी आउने दिन गनेर बस्छु
तिमी मेरी प्यारी मेरो जिन्दगानी
माया म तिम्लाई धेरै नै गर्छु
फर्केर आऊ मेरो जिन्दगानी
लिएर आऊ सुनौलो विहानी
हासी खुशी यो दुई दिने चोला
मिलेर लेखौं चोखो प्रेम कहानी