आफूभित्र हराएको विरानो त्यो मान्छे हु म
तिमीलाई विना स्वार्थ माया गर्ने मान्छे हु म
डडेलोले सिद्दिएको एक्लिएको मान्छे हु म
जिन्दगीले धिक्कारेको सरापेको मान्छे हु म
तिमी मेरो जिन्दगानी स्विकारेको मान्छे हु म
तिमीलाई सदा आफ्नो मुटु मान्ने मान्छे हु म
तिमी हास्दा दङ्ग पर्दे मुस्कुराउने मान्छे हु म
तिमी रुदा एक्लो हुँदा आशु झार्ने मान्छे हु म
तिमीलाई आँखा अघि देख्न चाहने मान्छे हु म
तिम्रै नाममा हजार ग्रन्थ लेख्न चाहने मान्छे हु म
स्पर्शमा तिमीलाई पाउन चाहने मान्छे हु म
अघि पाए सयौं चुम्बन वर्षाउने मान्छे हु म
तिम्रा सुन्दर नयनबाट संसार हेर्न चाहान्छु म
तिम्रा हरेक पाईलाहरूमा साथ दिन चाहन्छु म
तिमीलाई मेरो आफ्नो संसारको खुसी बनाई
सुख दुःख साथ साथ बिताउन चाहन्छु म
