छागाबाट खसे झै भो जीवन तिमीले साथ छोडेपछि
जिउदो लास झै भो जीवन तिमीले पाइला मोडेपछि
पर्खाइमा बिताउदा दिनहरू टुक्रा टुक्रा पार्यौ यो मुटु
मलाई छोडी पराईसँग तिमीले साइनो जोडेपछि
तिमीलाई नै सजाएको थिए यो मुटु र मनभरि
पराई भए आज तिमीले यो मनलाई तोडेपछि
साथ साथ जिउने सपनाहरू ओइलाई गयो आज
यो नातालाईलाई तिमीले जरैबाट गोडेपछि

दिलमाया नानी गजलको अन्तिम दुइ
दिलमाया नानी गजलको अन्तिम दुइ हरफहरु र बाँकीका हरफहरुले उल्टो अर्थ दिए । जरैबाट गाेड्नु भनेको ता राम्रो पक्ष भयाे र अरुतिर भने छाडीजानेकाे विपक्षमा भावहरु छन् ।
होम सरले भनेझैं “गोडेपछि” को
होम सरले भनेझैं “गोडेपछि” को सट्टामा “फोडेपछि” जस्तै नकारात्मक सन्देश दिने शब्द मिलाउँदा भाव मिल्छ कि !
तपाइँ सम्पादक र म जतिसुकै
तपाइँ सम्पादक र म जतिसुकै गनगनाए पनि जतिसुकै सुझाव दिएपनि सम्बन्धितहरुले कुनै वास्तै नगर्दा रहेछन् । यसैले अलि बढी नै पो गनगनाउन थालिएछ कि कसो हो सिम्खडाज्यू ।सित्यैमा सुझाव दियो सल्लाह दियो । बालुवामा पानी हालेजस्तो मात्र हुने रहेछ । एक जना एक देव भाइले बाहेक कसैले सुने ता मरिजानु ।
हाहा, लेखिकाले पोस्ट गरेपछि
हाहा, लेखिकाले पोस्ट गरेपछि फेरि हेर्नु नै भा’छैन होला । नत्र आफ्नो रचनाको बारेमा प्रकिकृया देख्ता को पो चुप बस्छ र ? 🙂